लगातार दोश्रो दिन घट्यो सुनको भाउ,चाँदी भने स्थिर


सुनको भाउ लगातार दोश्रो दिन घटेको छ । बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको ताजा अपटेड अनुसार यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले बुधबार तथ्यांक सार्वजनिक गर्न केहि ढिलाइ गरेको हो ।

मंगलबार पनि सुन तोलामा २०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै कारोबार मूल्य अर्थात् एक हजार २६० रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *