प्रचण्डको प्रतिवेदनमा छलफल सकियो,बन्दसत्रमा परिमार्जनसहित पारित गरिँदै


नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आज चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि तोकिएको समय सकिएको छ ।

झण्डै १७ सय प्रतिनिधिहरूलाई २५ समूहमा विभाजन गरेर भएको समूहगत छलफलको निचोड अब समूह प्रमुखहरूले प्रस्तुत गर्नेछन् । एउटा समूह प्रमुखलाई १५ मिनेटको समय दिइएको छ ।
उनीहरूले निष्कर्ष दिइसकेपछि प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी माओवादीको छ ।
लगत्तै नयाँ नेतृत्व चयन प्रकियामा बन्दसत्र अघि बढ्नेछ । माओवादीले भावी राजनीतिक कार्यदिशासहित १५ पदाधिकारीको २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *