बढ्यो नबिल ब्यालेन्स फण्ड २ को नोक्सानी


नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड २ ले मंसिर मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा वृद्धि भएको छ ।

फण्डले कात्तिक मसान्त सम्ममा रू. २ करोड १३ लाख ६३ हजार नोक्सानीमा रहेकोमा मंसिर मसान्त सम्ममा वृद्धि भएर रू. २१ करोड ५८ लाख ४० हजार पुगेको हो । मंसिर मसान्त सम्ममा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फण्डको कात्तिक मसान्त सम्ममा रू. १ करोड १३ लाख ६९ हजार खर्च भएकोमा मंसिर मसान्त सम्ममा वृद्धि भएर रू. १ करोड ३४ लाख २५ हजार पुगेको छ ।त्यसैगरी फण्डको सुचिकृत शेयरमा लगानी पनि घटेको छ । फण्डले कात्तिक मसान्त सम्ममा सुचिकृत शेयरमा रू. १ अर्ब २५ करोड ९८ लाख ८७ हजार लगानी गरेकोमा मंसिर मसान्तमा घटेर रू. १ अर्ब ४ करोड १२ लाख ७९ हजारम झरेको हो ।मंसिर मसान्त सम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्य घटेकाले समग्र सुचिकृत शेयर गरेको लगानी घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *