देउवाप्रति पौडेलको कटाक्ष,सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ
नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा रामसिंह रावल विजयी भएका छन् । रावल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । उनले देउवाको गृह जिल्ला डडेल्धुराले पनि परिवर्तनको सन्देश दिइसकेको दाबी गरे ।
ट्वीटरमा उनले लेखेका छन्– परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो !