सरकार गठनको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार, यी हुन् मन्त्री (सूचीसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । मन्त्रीहरूको नियुक्तिपछि शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थिए ।