नेपालमा डिम्याट खाताको संख्या ४५ लाख भन्दा बढी
नेपालमा डिम्याट खाताको संख्या ४५ लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार आज असोज २२ गते शुक्रबारसम्म डिम्याट खाताको संख्या ४५ लाख १६ हजार ३६ पुगेको छ ।
भदौ र असोज महिनाको अवधिमा नेपालमा ५ लाख डिम्याट खाता थपिएका हुन् । २ महिना मै ५ लाख डिम्याट खाता थपिएपछि यो वर्षमा अघिल्लो वर्षको रेकर्ड तोडिने निश्चित जस्तै भएको छ ।
आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए। आर्थिक वर्ष ७६र७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।