माधवको साथ‘छोडेका’ ५७ नेताहरूको ओलीसंग माग, कारबाही फिर्ता लेउ


माधव नेपालको साथ ‘छोडेका’ ५७ जना नेताहरूको भेलाले माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग गरेको छ । शुक्रबार महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा बसेको नेताहरूको भेलाले नेता नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन माग गरेको भेलामा सहभागी एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार भेलाले विशेषगरी तीनवटा निष्कर्ष निकालेको छ ।
“हामीले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने, माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने र निर्वाचन आयोगमा गएको दल दर्ता प्रक्रिया स्थगित हुनुपर्ने निष्कर्ष निकालेका छौँ,” गैरेले भने ।भेलामा स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरूगरी ५७ जनाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *