प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय मध्य बानेश्वरमा स्थापना


प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रस्तावित सहकारी बैंकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिनापछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैंक सञ्चालनमा आउने बताए ।

‘पूँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंक अपरिहार्य छ’ उाले भने, ‘जहाँ प्रतिस्पर्धा हुन्छ त्यहँ प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रकृया अघि बढेको हो ।’

एउटामात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएकोमा खुसी पनि व्यक्त गर्दै उनले प्रधनामन्त्री शेरबहादुर देउवाको समेत प्रस्तावित सहकारी बैंक स्थापना गर्ने चाहना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *