वायुसेवा निगमको निजीकरण गर्ने सम्पूर्ण कार्य यथास्थितिमा राख्न आदेश
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने सम्पूर्ण कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगमलाई निजीकरणसम्बन्धी निर्णयहरू यथास्थितिमा राख्न उक्त आदेश जारी गरेको हो । “नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू”, आदेशमा भनिएको छ, “निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नू नगराउनू ।
”नेपालका लागि नेपाली पार्टीका तर्फबाट आतिस कार्कीले दायर नेपाल वायु सेवा निगमको निजीकरण गर्ने कार्य रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो ।