निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे प्रधानमन्त्रीले लिए जानकारी
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग बालुवाटारमा निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका हुन्।
उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको बताएका छन्।
देउवाले फेसबुकमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु।’