सुनिल शेट्टीकी छोरी अथिया शेट्टीसँग माफी मागे सलमानले


बलिउड अभिनेता सलमान खान हालै आफ्ना दाइ अरबाज खानको च्याट सो ‘पिन्च सिजन-२’मा सहभागी भएका थिए। जसमा उनले आफ्नो जीवनसँग जोडिएका धेरै कुराहरु खुलाए। त्यसैबखत उनले सुनिल शेट्टीकी छोरी अथिया शेट्टीसँग माफी मागेका मागेका छन्।

कार्यक्रममा अरबाजले सलमानलाई सामाजिक सञ्जालमा क(कसलाई फलो गरेका छन् भनेर प्रश्न सोधेका थिए। ट्विटरमा चार करोडभन्दा बढी फलोअर्स भएका सलमानले इन्स्ट्राग्राममा जम्मा २७ जनालाई फलो गरेका छन्।

कार्यक्रममा अरबाजले तीन अभिनेत्रीको नाम दिए। कट्रिना कैफ, संगीता बिजलानी र अथिया सेट्टी। यीमध्ये कुन अभिनेत्रीलाई इन्स्टाग्राममा फलो गरेका छैनन् भन्दै सलमानलाई प्रश्न सोधे।

शुरुमा सलमानले आफ्नी पूर्व प्रेमिका संगीता बिजलानीलाई फलो नगरेको भनि बताए। तर, सलमानले अभिनेता सुनिल सेट्टीकी छोरी अथिया सेट्टीलाई फलो नगरेको भनि अरबाजले बताए। जुन कुरा सुन्ने बित्तिकै सलमानले दुई हात जोडेर कार्यक्रमकै बीचमा अथियासँग माफी मागेका छन्। साथै अथियालाई आफूले अब फलो गर्ने समेत बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *