तामाको औँठी र यसका विविध फाइदा
धार्मिकशास्त्र अनुसार ९ ग्रह रहेको बताइन्छ । हरेक ग्रहको आफ्नै धातु हुन्छ । ग्रहको राजा सूर्य हो र सूर्यको धातु तामा हो । धर्मशास्त्रअनुसार ३ वटा धातुलाई मात्र पवित्र धातुका रुपमा स्वीकार गरेको पाइन्छ ।
तामालाई विशेषत औँठीका रुपमा धारण गर्नेहरुको संख्या निकै छ । तामाको औँठी लगाउँदा के छ त फाइदा रु
१। तामाको औँठी धारण गरेमा कुण्डलीमा रहेको सूर्य दोषलाई समेत कम गर्छ ।
२। तामाको धारण गरेमा सूर्य र मंगलबाट हुने अशुभ असरलाई समेत कम गर्छ ।
३। तामाको औँठी धारण गर्ने ब्यक्तिमा सूर्य समानको बल हुने विश्वास गरिन्छ ।
४। तामाको औँठी धारण गर्दा घरपरिवारमा सूर्यदेवको कृपा रहने र समाजमा मानसम्मान पाइन्छ ।
५। तामाको औँठी धारण गर्दा रगत सफा गर्ने साथै यसमा औषधीय गुण हुने विश्वास गरिन्छ ।
६। तामाको भाडोमा राखिएको पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।
७। तामाको औँठी धारण गर्दा पेटसम्बन्धी रोग समेत निदान हुन्छ ।
८। तामा औँठी औँलामा लगाउँदा छालामा चमकपन आउने र मुलायम हुन्छ ।
९। तामाका भाडाकुंडा प्रयोग गर्नेहरुमा रोगप्रतिरोधक शक्ति वृद्धि हुन्छ ।