गोग्राहा फिल्म कार्यशालाको तीन नेपाली लघु फिल्मलाई निर्माण पुरस्कार
‘लघु चलचित्र निर्माण पुरस्कार’नर्थ साउथ कलेक्टिभ्सले आयोजना गरेको ‘गोग्राहा फिल्म कार्यशाला’ले तीन नेपाली लघु फिल्मलाई निर्माण पुरस्कार दिएको छ। शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सना सिंह ठकुरीले पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ पाएका हुन्।
विराटनगरस्थित भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले सोमवार भर्चुअल प्रेस भेला मार्फत पाँचरपाँच लाख पुरस्कार पाएका हुन्।
पुरस्कार पाउनेमा शान्ता नेपालीको ‘मुना’, ज्योत्सना सिंह ठकुरीको ‘एलेक्सिया’ र सुनिल गुरूङको ‘विण्ड हर्स’ रहेका छन्।
तीनै जना फिल्ममेकरले सन् २०२१ को अन्त्यसम्म फिल्म बनाउनु पर्ने बताइएको छ। उनीहरुलाई १५ मिनेटको फिक्सन फिल्म निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको हो।
गोग्राहा फिल्म कार्यशाला विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा विगत २ वर्षदेखि सञ्चालन हुँदै आएको छ।
‘विराटनगर फिल्म कार्यशाला’को नामलाई परिवर्तन गरि यसै वर्ष देखि ‘गोग्राहा फिल्म कार्यशाला’ राखिएको हो। गोग्राहा विराटनगर शहरको पुरानो नाम हो।