कोभिड आइसोलेसनमा आगलागी हुँदा इराकमा ५० भन्दा बढीको मृत्यु


इराकमा एक अस्पतालमा आगलागी हुँदा ५० भन्‍दा बढी बिरामीको मृत्यु भएको छ। नसिरिया शहरको अल हुसैन अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा आगलागी भएको थियो। आगो सोमबार मध्यरातमा नै नियन्त्रणमा लिइएको छ।

अस्पतालमा रहेको अक्सिजन ट्यांकमा विस्फोट हुँदा आगो फैलिएको अनुमान गरिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ।आगलागीको घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *