एनबी बैंकबाट बाहिरियो विदेशी लगानीकर्ता,मर्जरका लागि खुल्यो बाटो


नेपाल बंगलादेश बैंकको विदेशी साझेदार आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिने भएको छ । बंगलादेशको ढाकामा रहेको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सम्पूर्ण शेयर बिक्रि गर्ने भएको हो ।

जस अनुसार आइअफआइसी बैंकले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापाक शेयर बिक्रि गर्ने भएको हो। नेपाल बंगलादेश बैंकले शेयर बिक्रि गर्ने बारेको जानकारी सहित राष्ट्रिय दैनिकमा ३५ दिनको सूचना प्रकाशन गरिने जनाएको छ ।

यी शेयर खरिदको लागि पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनी नै रहने बैंकले जनाएको छ । ३५ दिन भित्र पनि शेयर बिक्रि नभएमा अन्य व्यक्ति,संघ , संस्थाको लागि खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *