देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली


सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलवार नै प्रधानमन्त्री नियुक्त गर्न सोमवार आदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्ने भएका छन् ।

देशवासीको नाममा सम्बोधन गरेर ओली बालुवाटारबाट बाहिरिन लागेको स्रोतले बतायो ।दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन तय भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले १ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि ओली बालुवाटार बसाइँ सरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *