एनआरएनएको आगामी निर्वाचनका लागि उम्मेदवारी(आइसिसी सदस्य) प्रस्तुत
“एक पटकको नेपाली, सधैंको नेपाली “ भन्ने ग़ैर आवासीय नेपाली संघको अभियानमा क्रियाशिल रहदै संस्थाको दिगो आर्थिक मजवुती, विश्वसनीयता र संस्थागत रुपान्तरणमा निरन्तर योगदान गर्दै आउनु भएका बेल्जियम निवासी गंगाप्रसाद शर्माले एनआरएनएको आगामी निर्वाचनमा (2021- 2023) आइसिसी उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।सार्वजनिक अपिलमा उनी भन्छन्
‘बेल्जियम बासी सम्पूर्ण नेपाली बुवा,आमा,दाजुभाइ, दिदिबहिनीहरुमा हार्दिक नमस्कार’
एनआरएनए बेल्जियम को स्थापना कालदेखि हालसम्म बिभिन्न कालखण्डमा कार्यसमितिको पदाधिकारी पदमा रहेर वा बाहिरैबाट पनि मेरो साधन, श्रोत र शक्तिले भ्याएसम्म संघले दिएको जिम्मेवारी पूरा गरीआएको कुरा सबैमा सर्बविदितै छ।
संघको नेतृत्व चयनका दौरानमा कहिलेकाहीं धेरै व्यक्ति एउटै पदको आकांक्षी हुंदा संस्थागत हितलाई मध्यनजर गर्दै प्रत्यासी साथीहरुको इच्छालाई सम्बोधन गर्दै आफुलाई एनआरएनएको सिपाहीको रुपमा राखी पहरेदारको भूमिका निर्वाह गरि आएको कुरा पनि बेल्जियम का नेपाली समाजमा जानकारी भएकै बिषय हो। यसपटकको एनआरएनएको निर्वाचनमा अग्रज, सामाजिक अभियान्ता, समकक्षी साथीभाइ लगायत धेरै शुभेच्छुक हरुको सल्लाह र सुझाब बमोजिम म यहाँहरु माझ आइसिसी उम्मेदवारको(2021-2023) रुपमा प्रस्तुत भएको छु।
यहाँहरु सबैको माया, ममता र समर्थनबाट सर्वसम्मत रुपमा निर्वाचित भै एनआरएनएको साझा अभियानमा एउटा इंटा थप्ने मौका दिनु हुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।
प्रार्थी,
गंगाप्रसाद शर्मा
उम्मेदवार 2021- 2023 को आइसिसी सदस्य
सामाजिक जीवनमा निकै सक्रिय र सफल व्यवसायीको स्थापित पहिचान बनाइसकेका शर्माको उम्मेदवारीलाई सम्मानका साथ हेरिएको छ।