अमेजोनका संस्थापक जेफ बेजोसले त्यागे पद
अनलाइन रिटेल कम्पनी अमेजोनका संस्थापक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद त्यागेका छन्। बेजोसले सोमवार एन्डी जेसीलाई सीईओको पद हस्तान्तरण गरेका हुन्।
स्थापनाको ठ्याक्कै २७ वर्षपछि बेजोसले सीईओको पद त्यागेका छन्। अमेजोन ५ जुलाई १९९४ मा अनलाइन बुक सेलरको रुपमा स्थापना भएको थियो। अहिले सो कम्पनीको नेटवर्थ १.७५ ट्रिलियन अमेरिकी डलर पुगेको छ।
यसअघि कम्पनीले गत फेब्रुअरीमै बेजोस सीईओबाट कार्यकारी अध्यक्षको भुमिकामा रुपान्तरण हुने जनाएको थियो। बेजोसले उनका अन्य कम्पनीहरु वासिङ्टन पोस्ट, स्पेस कम्पनी ‘ब्लु ओरिजिन’ तथा परोपकारी कार्यमा समेत समय दिन चाहेको बताएका थिए।