चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना


मनसुनी वायुको देशभर सक्रिय प्रभाव रहेको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा र एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *