अक्सिजन सिलिन्डर जुटाउन रामकृष्ण ढकालको सहयोग
काठमाडौं। गायक रामकृष्ण ढकालले नेपालमा कोभिड-१९ का बिरामीलाई अक्सिजन सिलिन्डर जुटाउन लागि परेका छन्। कन्सर्टका लागि अमेरिका पुगेका उनले नेपालमा अक्सिजन अभाव भएको भन्दै अमेरिकामा सहयोग जुटाउन सुरु गरेका हुन्।
फेसबुकमा भिडियो र स्टाटस पोस्ट गर्दैँ दाताको नाम र उनीहरूले प्रदान गरेको रकम समेत राख्दै जानकारी गराए। उनले पहिलो चरणमा १८ लाख उठेको र उक्त रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरेको जानकारी गराएका छन्।