भारतमा विस्तारै घट्दैछ कोरोना संक्रमितको संख्या
भारतमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ३८६ जनामा संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमण मुक्त हुनेको संख्या भने बढ्दै गएको छ। सोमबार बिहानसम्म ३ लाख ७८ हजार ७४१ जना संङ्क्रमण मुक्त भएका छन्।
संक्रमितको संख्या घटिरहेपनि मृतकको संख्या भने स्थिर रहेको छ। पछिल्लो २४ घण्टामा ४ हजार १०६ जनाको मृत्यु भएको छ।भारतमा हालसम्म २ करोड ४९ लाख ६५ हजार ४६३ जनामा संक्रमण पुष्टि भइसकेको छ। साथै, २ लाख ७४ हजार ३९० जनाको मृत्यु भइसकेको छ।