रिलिज भएको एक दिनमै पाइरेसीको चपेटामा राधे
सलमान खानको चलचित्र ‘राधे: योर मोस्टवान्टेड भाइ’ रिलिज भएको एक दिनमै पाइरेसीको चपेटामा पर्यो । कोभिड-१९ महामारीका कारण यही मे १३ देखि भारतमा जीप्लेक्स र अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्डलगायत देशमा हलमा रिलिज भएको हो ।
सलमानले शनिबार मात्रै सामाजिक सञ्जालमार्फत चलचित्र पाइरेसी गर्नेलाई चेतावनी दिएका थिए । डिजिटल प्लेटफर्ममा रिलिज गरेको जी५ले आधिकारिक रुपमा यसमा ‘एक्सन’ लिएको छ । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजले साइबर सेलमा चलचित्र चोरीको ‘केस’ लगाएको छ ।ह्वाट्सएप र टेलिग्राममामार्फत चलचित्र चोरी गर्नेको नम्बर खोज्ने काम अहिले भइरहेको छ ।