किन गरेयो ट्विटरले कंगनाको ट्विटर अकाउन्ड सस्पेन्ड ?
अभिनेत्री कंगना रनौतको अकाउन्ट सस्पेन्ड गरेको छ। पश्चिम बंगालमा भएको हिंसाप्रति मंगलवार कंगनाले आफ्नो विचार व्यक्त गरेकी थिइन्। उनको अकाउन्टमा तीस लाख बढी फलोअर रहेको थियो।
सोही समयमा केन्द्र सरकारले बंगालमा राष्ट्रपति शासनको माग गरेको थियो। उनले भाजपाकी महिला नेतृको फोटो सेयर गर्दैँ टीएमसीका मानिसहरूले उनलाई सामूहिक बलात्कार गरेको दावी गरेकी थिइन्।
कंगानाले बंगाल चुनावपछि भएको हिंसाबारे ट्वीटमा ममता बनर्जीलाई ताडकासँग तुलना गरेकी थिइन्।
ट्विटरले हिंसात्मक र उत्तेजित ट्विटमाथि बन्देश लगाउने गर्छ। कंगनाले ट्विटरको नियम तोडेको भनि मंगलवार अकाउन्ट सस्पेन्ड भएको हो।