उपत्यका छाडेर घर फर्कन चाहनेलाई मौका दिने संयुक्त बैठकको निर्णय
उपत्यकाका प्रमुख जिल्ला अधिकारी संयुक्त बैठकले उपत्यका छाडेर घर फर्कन चाहनेलाई मौका दिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले उपत्यका छाड्न चाहनेले स्थानीय तहबाट अनिवार्य १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धतासहितको सिफारिस पत्र ल्याएमा घर फर्कन दिने निर्णय गरेको हो ।
सिफारिसका आधारमा उपत्यकाबाट घर फर्कन चाहनेलाई गन्तव्यसम्म जान सहजीकरण गर्न दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिएका छन् ।