फिल्म ‘प्रकाश’को जुम्लामा ४२ दिनमा सुटिङ पुरा


काठमाडौं। शिक्षक बन्ने सपना साँचेका एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को सम्पूर्ण छायांकन पुरा भएको छ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म युनिटले जुम्लामा ४२ दिनमा सुटिङ पुरा गरेको हो ।

दिनेश राउत निर्देशित फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यसै फिल्ममार्फत फिल्मी अभिनयमा पाइला चालेकी हुन् ।फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी‘आँपे’, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

निर्देशक राउतले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथालाई फिल्ममा देखाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *