‘विप्लव’ समूहका सबै मुद्दा फिर्ता गर्न नमिल्ने महान्यायाधिवक्ताको भनाई
काठमाडौँ। महान्यायाधीवक्ता रमेश बडालले संविधान र कानूनले मिल्ने मुद्दा मात्र फिर्ता हुने बताएका छन् ।
सरकारका कानुनी सल्लाहकार समेत रहेका बडालले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता गर्न नमिल्ने बताए ।उनले भने, “नेकपा विप्लव समूह, सीके राउत र मधेश आन्दोलनसम्बन्धी १५ वटाभन्दा बढी मुद्दाहरु फिर्ता लिन मिल्ने भनी सरकारलाई राय दिएको र सोहीअनुसार आज सरकारले मधेश आन्दोलका विभिन्न मुद्दाहरु फिर्ता लिएको छ ।”
गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीनबुँदे सहमतिपछि विद्रोहमा रहेको ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको हो ।