अब अनलाइन माध्यमबाट नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल


काठमाडौं । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यो पटक अनलाइन माध्यमबाट हुने भएको छ । फेस्टिभलका विषयगत बहसको कार्यक्रम प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने र त्यसमा दर्शकले सहभागिता जनाउन सक्ने उनले बताए ।
सरकारले २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने मापदण्ड जारी गरेपछि ‘निफ’ अनलाइन हुने भएको हो ।

सरकारको निर्देशन अनुसार नै उद्घाटन र समापन समारोह मापदण्ड अनुसार गरिने तर त्यसलाई विभिन्न माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पुयाईने आयोजकले जनाएको छ ।
फेस्टिभलका चलचित्रहरुलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्ने सुविधा प्रदान गरिने ‘निफ’का अध्यक्ष केपी पाठकले जानकारी दिए ।
फेस्टिभलका विषयगत बहसको कार्यक्रम प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने र त्यसमा दर्शकले सहभागिता जनाउन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *