सर्वोच्चले लगायो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा रोक
काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा रोक लगाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधवार घुससहित पक्राउ गर्न गरिने स्टिङ अपरेसन नगर्न अख्तियारका नाममा आदेश जारी गरेको हो।
आफै घुस दिएर स्टिङ अपरेसन गर्ने अख्तियारको कामको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।अख्तियारले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न आफै पैसा दिएर स्टिङ अपरेशन गर्दै आएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले घुसररिसवत माग गरेको उजुरी परेमा अनुसन्धानका लागि आयोगले आफ्ना कर्मचारी वा अन्य कुनै व्यक्ति मार्फत घुस उपलब्ध गराउने र त्यसो गर्ने व्यक्तिलाई कुनै कारबाही र सजाय नगरिने व्यवस्था छ।