बुधबार नेप्से परिसुचक फराकिलो अन्तरले घट्यो तर..
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार नेप्से परिसुचक फराकिलो अन्तरले घटेको छ । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० को बिन्दुमा पुगेको छ ।
आज ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २ सय ०३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
बजार घटेपनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन विकास बैंकको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका मध्य म्युचुअल फण्ड बाहेक सबैको समुहगत सुचक घटेको छ ।
आज निफ्राको सर्वाधिक बढि २५ करोड ४५ लाख, हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ६ लाख, सिटिजन्स इनभेप्टमेन्ट ट्रस्टको १८ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।