केपी ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजे
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाएका छन् । केन्द्रीय कमिटी बैठकको निष्कर्षअनुरूप दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपछि आक्रोशित बनेका वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको सीमा नाघेको बताए ।
“हामी सुरुदेखि नै पार्टी एकताको पक्षमा छौँ । उनले ९ओलीले० नै पार्टी अध्यक्षको दुरुपयोग गरेर जथाभावी गरिराख्नुभएको छ,” उनले भने, “पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन्छौँ । हामी पार्टी एकताकै पक्षमा छौँ ।”
उनले नेताहरूलाई स्पष्टीकरण सोध्ने कृत्य पार्टीलाई विभाजन गर्ने, विघटन गर्ने मनशायबाट प्रेरित भएको पनि टिप्पणी गरे ।