कोभिड १९ को दोस्रो लहरले सिनेमा रिलिज अबरुद्ध


कोभिड १९ को दोस्रो लहरले भारतमा कति असर पार्छ अन्दाज गर्न सकिने स्थिति छैन। यो पेन्डेमिकका कारण दई उद्योग सबैभन्दा बढी प्रभावित भएका छन् ।
भारतीय फिल्म र प्रदर्शन हल। खराबै खराबबिच फेरि अर्को खराब खबरले संकेत गरिरहेको छ यही क्षेत्रमा। केजीएफ च्याप्टर टू तोकिएको मितिमा रिलिज नहुने खबर सिनेमा उद्योगका लागि अर्को धक्का बन्दैछ।

अक्षयकुमारको सूर्यवंशी त्यस्तै अवस्थाबाट गुज्रिसकेको छ जसले रिलिज स्थगित गर्न वाध्य हुनुपर्‍यो। सलमान खानको राधेले पनि यही हविगत बेहोर्दैछ। त्यसपछि रिलिज केजीएफको सिक्वेलले उही हविगत बेहोर्दैछ।

१९ को दोस्रो लहरका कारण धेरै राज्यहरुमा फिल्म हल निषेधित भइसकेका छन्। त्यसैले केजीएफ च्याप्टर टूका निर्माताहरु रिलिज डेट पोस्टपेनमेन्टका लागि छलफलमा जुटिसकेका छन्। केजीएफ अत्यन्तै सफल फिल्म बनेको थियो।
त्यसको सिक्बेलका लागि थप बजेट खर्च गरिएकाले पनि रिलिज डेट सर्नुले ठूलो अर्थ राख्छ।
अझै फिल्म रिलिज रोकिनेबारे आधिकारिक विवरण आएको छैन तर दैनिक दुई लाखभन्दा माथिसम्म संक्रमित भेटिन थालेपछि रिलिज रोकिने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *