शिखर धवनको उत्कृष्ट ब्याटिङमा दिल्लीको गजब जित
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाउँदै १० बल बाँकी छँदा लक्ष्य पूरा गर्यो।
पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ६९ र कप्तान केएल राहुलले ६१ रन बनाएका थिए। दिल्लीका क्रिस ओक्स, लुकमान मरिवाला, कगिसो रबाडा र अभेस खानले समान १र१ विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रन बनाउँदा पृथ्वी शले ३२, मार्कस स्टोइनिसले २७, रिशब पन्तले १५ र ललित यादवले १२ रन जोडे।