नागरिक लगानीको संस्थापक शेयरमा बोलकबोल गर्ने अन्तिम दिन भोलि


काठमाडौं । चैत ३ गतेदेखि लिलामीमा विक्री खुला भएको नागरिक लगानीको कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने चैत १७ गते (भोलि) अन्तिम दिन रहेको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो । प्रतिकित्ता रू. १ हजार ५०२ दशमलव ५० तोकिएको उक्त शेयर खरिद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी बैंकले दिएको छ । पछिल्लो अन्तिम कारोबार दिन चैत १३ गते कोषको अन्तिम शेयरमूल्य रू. ४ हजार ३६७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *