चीनले अनुदानमा दिएको कोरोना विरूद्धको खोप नेपाल आइपुग्यो
काठमाडौँ। चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप आज नेपाल ल्याइएको छ ।
खोप लिन गएको नेपाल वायुसेवा निगमको वाइडबडी- ३३० जहाज बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल प्रशासनले जनाएको छ ।
उक्त जहाजमा कोभिड-१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइएको छ ।उक्त खोप भेरोसेल चीनले नेपाललाई हस्तान्तरण पनि गरेको छ ।
त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठ लाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।
चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी दिए।