२० वर्षपछि भन्सार एजेन्टको नयाँ विज्ञापन
काठमाडौं ।२० वर्षपछि भन्सार एजेन्टको नयाँ विज्ञापन खुलेको छ । भन्सार विभागका अनुसार गत वर्ष नै एजेन्टको विज्ञापन खुलाएर परीक्षा लिने तयारी भएको भएपनि कोरोनाका कारण एक वर्ष धकेलिएको थियो । विभागले सोमबार सूचना प्रकाशित गरी ६६० जना नयाँ भन्सार एजेन्टका लागि विज्ञापन खुलाएको हो ।
अहिले कोरोनाको खोप लगाउने अभियान पनि सुरु भइसकेकाले गत वर्ष रोकिएको प्रक्रिया पुनः सुरु गरिएको विभागले जनाएको छ । लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि पनि बनिसकेको छ ।
‘परीक्षाका लागि आवश्यक पाठ्यक्रम, कार्यविधि सबै सबै तयार गरिसकेका थियौँ, सार्वजनिक सूचना पनि जारी भएको छ’ विभाग स्रोतले भन्यो ।