पार्टीको नेतृत्वमा सरकार बन्ने परिस्थिति सुनिश्चित भइसकेको छैन् : रमेश लेखक
नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने परिस्थिति सुनिश्चित नभएको जानकारी दिएका छन् ।
सोमवार पार्टी कार्यालय सानेपामा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै नेता लेखकले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भएपछि कांग्रेसले सरकार बनाउने विचार व्यक्त गरे ।‘पदाधिकारी बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको मलाई जानकारी छैन,’
उनले भने, ‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता पर्यो भने दिन्छौं भनेकै छौं । अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन । सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ ।’