पर्सा राष्ट्रिय निकुञ्जबाट गैँडा गणना शुरु


पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले हिजो बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका थिए ।पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका थिए ।

गैँडा गणनाको शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए । उनले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उनले भने, “दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।” चोरी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उनले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री आलेले भने, “विभिन्न तस्करहरूबाट खागका लागि गैँडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ ।” पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उनको भनाइ थियो । संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उनले बताए । मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैँडा हेर्नकै लागि नेपाल आउने गरेको बताए ।हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *