पश्चिम बंगालकी मुख्‍यमन्त्री ममता बनर्जीको रोड शो


भारतको पश्चिम बंगालकी मुख्‍यमन्त्री ममता बनर्जीले रोड शो गरेकी छिन्। नन्दीग्राम दिवसको अवसरमा विधानसभा निर्वाचनको तयारीमा रहेको पश्चिम बंगालमा तृणमूल कंग्रेसले पदयात्रा आयोजना गरेको हो। बनर्जी सोही पदयात्रामा सहभागी हुन कोलकताबाट नन्दीग्राम पुगेकी हुन्।

गत बुधवार नन्दीग्राममा उनलाई केही व्यक्तिले भिडमा धकेल्दा बनर्जीको खुट्टामा चोट लागेको थियो। घाइते भएकी बनर्जी आज व्हील चेयरमा नै र्‍यालीमा सहभागी भएकी हुन्। उनले व्हील चेयरमै पाँच किलोमिटर पदयात्रा पूरा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *