आजदेखि लिलाममा,नागरिक लगानी कोषको साढे ४ लाख कित्ता शेयर


चैत्र ३ अर्थात् आज देखि नागरिक लगानी कोषको साढे ४ लाख कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । नेपाल बैंक ले आफ्नो स्वामित्वमा रहेको कोषको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।
शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल प्रबन्धक रहेको छ ।

लिलामीको शेयरमा चैत्र १७ गतेसम्म आवेदन दिन सकिने छ। यस लिलाममा बिध्यमान संस्थापक, वा जो कोहि कम्पनी, व्यक्ति , वा संस्घ, संस्थाले आवेदन दिन सक्ने छन् ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १५ सय २ रुपैयाँ ५० पैसा कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।
आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *