सत्तारुढ दल, संसदलाई अगाडी बढाउने मानसिकतामा रहेको देखिएन : नेपाली कांग्रेस्


नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडी बढाउने मानसिकतामा नरहेको बताएका छन्।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खाँडले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन्। मंगलबार संसदको बैठक बस्ने भए पनि सरकारले हालसम्म कुनै पनि बिजनेश नदिएको उनको भनाई छ।
सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भए पनि ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको उनले बताए।

उनले भने, ‘सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *