बदलिएको राजनीतिक बातावरण बीच, प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज


सर्वोच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड-नेपाल समूहले सोमवार बिहानको लागि बैठक बोलाएका थिए । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्चको फैसलापछि कानून व्यवसायीसँग परामर्श गर्न भन्दै स्थायी कमिटी बैठक दिउँसोको लागि सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *