सभामुखलाई संसद चलाउन प्रधानमन्त्रीले सिकाउने


काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सभामुखप्रति आक्रोशित बनेका छन् ।

ओली समूहको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुखले सरकार विरोधीसँग मिलेर सरकार चलाउन खोज्नुभयो । प्रधानमन्त्रीसँग सल्लाह लिनुभएन । सरकारको विरोध गर्दै अघि बढेको संसद् र सभामुखको गरिमाको गम्भीर उल्लघन गर्नुभयो उनले भनेका थिए।

“हतास मानसिकतामा रहेर सभामुखले कसरी संसद् चलाउन सक्लान् र? म सिकाउँछु अब उहाँलाई संसद् चलाउन तर यस्तो स्थिति नल्याउन उहाँ आफैँले स्वीकार गरेर अघि बढ्नुपर्छ,” ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *