कांग्रेसले यतिबेला सरकारमा जाने कुरा बेमौसमी हुन् : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताएका छन् ।
‘जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन्,’ उनले भने, ‘सिंगो पार्टी पंक्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन ।’‘
अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न सकिन्न,’ उनले भने ।नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै डा. कोइरालाले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीलाई दुःख नदिन सरकारलाई चेतावनी दिए ।