नेकपा विवाद छिट्टै टुंगो लगाउने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आधिकारिकताको विवाद छिट्टै नै टुङ्गो लगाउने जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।उनले सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको टुंगो लगाइने पनि बताए ।
सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको भन्दै प्रवक्ता श्रेष्ठले आयोगले नेकपा विवाद छिट्टै टुङ्गाउने दाबी गरे ।