प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने राजीनामा नदिने
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रष्ट पारेका हुन् ।रिमालले लेखेका छन्, ‘सर्वोच्चबाट पुनस्स्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न यी विषयमा, प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहॉ थियौं र अहिले पनि त्यहीँ नै छौँ। दुई प्रधानमन्त्रीहरू, मनमोहन अधिकारी र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने र? त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ ?