प्रधानमन्त्रीले तत्कालै राजीनामा नदिने सल्लाहकारको भनाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला विवादस्पद रहेको प्रक्रिया दिएका छन्।
थापाले सर्वोच्चको फैसलाको प्रभाव आगामी दिनहरुमा देखिने भन्दै अब देशमा थप अस्थिरता र सत्ताको खेल सुरु हुने बताएका छन्।
सामाजिक संजालमा उनले सर्वोच्चको फैसला विवादास्पद भएपनि सबैले त्यसलाई मान्नुपर्ने उल्लेख गरेका छन् तरप्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुहुन्न संसद फेस गरेर अघि बढ्नुहुन्छ भनेका छन्।