रोनाल्डोको दोहोरो गोलमा,युभेन्टसको जित


इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले क्रोटोनमाथि जित निकालेको छ। युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टोलीले अंकतालिकाको पुछारमा रहेको क्रोटोनमाथि ३(० गोलअन्तरले जित निकालेको हो।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दा वेस्टन म्याककिन्नीले एक गोल गरे। खेलको ३८ औं मिनेट र पहिलो हाफमा अतिरिक्त समयमा रोनाल्डोले हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए। दोस्रो हाफमा म्याककिन्नीले एक गोल थपे। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए।जितसँगै २२ खेलबाट ४५ अंक जोडेको युभेन्टस अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *