फिल्म प्रसाद २,पुरानै कलाकार नयां निर्देशक

सौरभ चौधरीको निर्देशन रहने फिल्म ‘प्रसाद २’मा अभिनेताको रुपमा निश्चल बस्नेत भित्रिएका छन् । निर्माता सुभाष थापाले ‘प्रसाद २’को मुख्य कलाकारको रुपमा बस्नेतलाई अनुबन्धित गरेका हुन् । फिल्मका लागि विपिन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भएका थिए ।
‘प्रसाद २’ व्यवसायिक सफल फिल्म ‘प्रसाद’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । ‘प्रसाद’मा पनि विपिन, नम्रता र निश्चलकै मुख्य भूमिका रहेको थियो ।
‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । दिनेश अहिले फिल्म ‘प्रकाश’ निर्देशनमा ब्यस्त रहेकोले फिल्म सौरभ लामाले निर्देशन गर्न लागेका हुन् ।