आउंछ त दुई महिनामा काठमाडौँमा मेलम्चीको पानी !


मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना।
त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले एकपटक पानी सुन्दरीजल पुगेपछि पुनः सुरुङमा पानी बन्द गरी परीक्षण गरेपछि मात्र नियमित रूपमा पानी सुन्दरीजल पुर्‍याएर राजधानीमा वितरण सम्भव हुने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *