संसद् पुनःस्थापनाको विकल्प छैन् : रामचन्द्र पोडैल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।

मधेश सम्मान यात्राको क्रममा सप्तरीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गरेका हुन् ।नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उनले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै पौडेलले संविधानको कुनै पनि धारामा संसद् विघटनको प्रावधान उल्लेख नरहेका कारण सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *